यही मिति २०८२ असोज २४ गते शुक्रवारका दिन यस रामपुर उद्योग वाणिज्य संघको गरिमामय एघारौं वार्षिक साधारणसभा तथा स्थापना दिवस २०८२ भव्यताका साथ सम्पन्न भएको छ। सोही अवसरमा संघको संस्थागत बिकास र सफलताको शुभकामना दिनुहुने लुम्बिनी प्रदेश सरकारका अर्थ, उद्योग तथा पर्यटन समिति सभापति एवम् लुम्बिनी प्रदेश सांसद माननीय राजु प्रसाद श्रेष्ठ ज्यु, नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष श्री हेमराज ढकाल ज्यु, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्णप्रसाद शर्मा ज्यु, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष श्री अमृत भट्टचन ज्यु, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य ज्युहरु श्री किशोर आचार्य ज्यु, श्री मोहन प्रसाद श्रेष्ठ ज्यु, श्री उज्ज्वल कसजु ज्यु, श्री ताराबहादुर कार्की ज्यु, श्री कृष्ण कटुवाल ज्यु, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष श्री अर्जुनकुमार श्रेष्ठ ज्यु, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष श्री पवन सुवेदी ज्यु, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका कार्यसमिति सदस्य ज्युहरु, जनप्रतिनिधि ज्युहरु, राजनीतिक दलका प्रतिनिधि ज्युहरु, संघका सल्लाहकार ज्युहरु, सरकारी एवम् गैरसरकारी संघ संस्थाका प्रतिनिधि ज्युहरु, पत्रकार ज्युहरु लगाएत शुभेच्छुक सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछौं।